दफा ८
बिना वारेन्ट प्रवेश खानतलासी, कब्जा र गिरफ्तार गर्ने अधिकार
: (१) यस ऐन अन्तर्गतकोvकुनै अपराध कुनै घर, जग्गा, सवारी वा ठाउँमा भइराखेकोछ र तुरुन्तै केही कारवाही नगरेमा अपराधी भागी जाने वा अपराधको प्रमाण गायब हुने सम्भावना देखेमा औषध नियन्त्रण अधिकारी वा कम्तीमा प्रहरी सहायक निरीक्षक दर्जा सम्मको प्रहरी कर्मचारीले सो कुराको पर्चा खडा गरी जुनसुकै बखत देहायका कामहरु गर्न सक्नेछ :
(क) त्यस्तो घर, जग्गा, सवारी वा अन्य कुनै ठाउँमा प्रवेश गर्न
(ख) त्यसरी प्रवेश गर्दा कुनै बाधा विरोध भएमा ढोका फोरी प्रवेश गर्न वा त्यस्तो बाधा विरोध हटाउन आवश्यक कारवाई गर्ने,
(ग) अपराधसित सम्बन्धित लागू औषध र अन्य सामानहरु तथा प्रमाणको लागि काम लाग्ने जुनसुकै कागजपत्र कब्जा गर्ने, र
(घ) अपराध गरेको भनी शंका लागेको जुनसुकै व्यक्तिलाई रोक्न, खानतलासी लिन र आवश्यक देखेमा निजलाई गिरफ्तार समेत गर्ने ।
(२) उपदफा (१) बमोजिम कुनै घर, जग्गा, सवारी वा अन्य कुनै ठाउँमा प्रवेश गर्दा वा खानतलासी गर्दा समयले भ्याएसम्म सम्बन्धित नगरपालिका वा गाउँपालिकाको सदस्य वा त्यस ठाउँको एक जना भलादमी वा कुनै अर्को सरकारी कार्यालयका एक जना कर्मचारीलाई साक्रखी गर्नु पर्नेछ ।
तर नगरपालिका वा गाउँपालिका वा वडा समितिका सदस्य वा त्यस ठाउँका भलादमी वा कुनै अर्को सरकारी कार्यालयका कर्मचारीको रोहबरमा मुचुल्का तयार गर्ने प्रयास गर्दा पनि
त्यस्ता व्यक्तिहरु उपलब्ध नभएको उचित आधार भएमा कम्तीमा दुईजना औषध अनुसन्धान अधिकारी वा कम्तीमा दुईजना प्रहरी सहायक निरीक्षक दर्जासम्मको कर्मचारीको रोहबरमा मुचुल्का तयार गर्न सकिनेछ ।